Banner NewsBanner news (with photo)ताजा समाचारदेशवाग्मती प्रदेशसफलताको कथास्थानीय तहस्वास्थ्य
काठमाडौंको चुच्चेपार्टीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ
काठमाडौं । तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौंको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को शुभारम्भ गरेको छ ।
सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगङ्गा आँखा अस्पतालका चिकित्सकहरुको समूहबाट उपचार गराउने उद्देश्यले सिटी आई सेन्टर सञ्चालनमा ल्याइएको हो ।
सेन्टरको तिलगङ्गाआँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले सेन्टर उद्घाटन गरे ।
सेन्टरले आजदेखि नियमित आँखा परीक्षणलगायत जटिल शल्यक्रियाको सेवा उपलब्ध गराउने छ । सेन्टरमा मोतियाबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको उपचार, आँखाको सौन्दर्य र अल्छी आँखाको व्यवस्थापनको उपचार गरिने जनाइएको छ ।v