९ कार्तिक २०८१, शुक्रबार | Email:- [email protected] | [email protected]
दुईजना कैदीको शंकास्पद मृत्यु प्रकरणमा नौ कैदी नियन्त्रण
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

दुईजना कैदीको शंकास्पद मृत्यु प्रकरणमा नौ कैदी नियन्त्रण

काठमाडौं । जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका दुईजना कैदीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले नौजना कैदीमाथि अनुसन्धान थालेको छ ।

कारागारभित्रका कैदीको कुटपिटबाट उनीहरुको ज्यान गएको आशंकामा प्रहरीले अन्य कैदीमाथि अनुसन्धान थालेको हो ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार कारागारका अन्य कैदीहरुले उनीहरुमाथि आशंका गरेपछि आफूहरुले सोधपुछको लागि सुरक्षित स्थानमा राखेको बताए ।

शंकास्पद मृत्यु प्रकरणमा उनले भने, “अहिले नै नियन्त्रणमा रहेकामाथि आशंका गर्न मिल्दैन । तर, कारागारका अन्य कैदीहरुले उनीहरुको कारण मृत्यु भएको बताएपछि हामीले नौजना कैदीहरुलाई जिप्रकामा राखेका हौँ ।”

सोमबार नुवाकोट ककनी गाउँपालिकाका २८ वर्षीय आकाश बलामी र विनोद तोलाङ कारागारबाट भाग्न खोजेका थिए । तर, प्रहरीले थाहा पाएपछि लगत्तै नियन्त्रणमा लिएर फेरि कारागार नै पठाइएको थियो ।

तर, मंगलबार बिहान भने उनीहरु अचेत भेटिएका थिए । कारागार प्रशासनले उनीहरुले उपचारको लागि अस्पताल पुर्याएको थियो । सो घटनाबारे छानबिन गर्न संखुवासभाका सहायक जिल्ला अधिकारी मोहनमणि अधिकारीको नेतृत्वमा छानबिन समिति समेत बनेको छ ।

Routine Of Bhokraha Narsingh

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button