२० कार्तिक २०८३, बिहीबार | Email:- [email protected] | [email protected]
पाँच पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रराजनीतिसुरक्षा/अपराध

पाँच पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल सरकारका ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णयमा संलग्नतत्कालीन सचिवहरू दीप बस्न्यात, युवराज भुसाल, छविराज पन्त, नारायणगोपाल मलेगो र दिनेशहरि अधिकारीविरुद्ध पक्राउ पुर्जीजारी गरेको हो ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएका छन् । उनीहरूविरुद्ध पनि प्रहरीले यसअघि नैपक्राउ पुर्जी लिइसकेको छ ।

त्यसमध्येका एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् । अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिवकलाधर देउजालाई कागज गराएर छाडिएको छ । बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले १ सय ४३ रोपनीभन्दा बढी जग्गा हिनामिना प्रकरणमा किर्ते र संगठित अपराधका दफालगाएर अनुसन्धान गरिरहेको छ ।

जग्गा हडप्ने निर्णय प्रधानमन्त्री, मन्त्री, सचिव, सहसचिव देखि मालपोत, नापी र गुठीका कर्मचारीसम्मको सेटिङमा भएको अनुसन्धानलेदेखाएको छ ।

Routine Of Bhokraha Narsingh

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button