Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रदेश १बिचारबिचित्रमुख्य समाचारराजनीतिसफलताको कथासूचना / प्रबिधिस्थानीय तह
सरकारले कोशी नामकरणबारे छानबिन समिति बनाउने
चैत ११, चितवन। सरकारले कोशी प्रदेश नामकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।
समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि आह्वान गरेको छ ।